शैक्षिक विकृति अन्त्य गर्ने ‘एप्क्यान’को दाबी

शैक्षिक विकृति अन्त्य गर्ने ‘एप्क्यान’को दाबी

काठमाडौं । नेपालको शैक्षिक क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्दै शैक्षिक परामर्शमार्फत शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्न भन्दै शैक्षिक परामर्श व्यवसायी संघ(एप्क्यान) नेपालको घोषणा गरिएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एप्क्यानको स्थापना गरिएको संस्थापक अध्यक्ष प्रज्वल बस्नेतले जानकारी दिए।

एप्क्यानले, नेपालको शैक्षिक क्षेत्रमा देखिएको विकृतिलाई विश्लेषणात्कम रुपमा अध्ययन गरी शैक्षिक क्षेत्रका लक्षित वर्गलाई आवश्यक शैक्षिक परामर्श दिनेदेखि यो क्षेत्रलाई मर्यादित रुपमा अगाडि बढाउने सम्मको कार्य गर्ने बस्नेतले बताए ।

उनले शैक्षिक परामर्श संस्थाहरुले समाजमा सकारात्मक कार्य गर्दै आएपनि त्यसप्रति हेर्ने नजरिया नकारात्कम भएको भन्दै त्यसलाई विस्तारै परिवर्तन गरेर एप्क्यानलाई नलेज बैंकको रुपमा स्थापित गर्ने बताए । ‘हामी नेपालमा नलेज बैंकको रुपमा काम गरिरहेका छौं, यो कुरा समाजलाई प्रस्ट पार्न सकिरहेका थिएनौ । म के भन्न चाहान्छु भने एप्क्यानमा जतिपनि आवद्ध हुदै हुनुहुन्छ हामीले नेपाल सरकारको नीति नियममा रहेर सुरुदेखि नै समाजमा आमूल परिवर्तन ल्याउने किसिमले र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्न सकिने किसिमले केही कार्यक्रम गर्न खोजिरहेका छौं ।’

उनले एप्क्यानमा आउनेलाई परामर्शदाताले स्पस्ट रुपमा विद्यार्थीहरुले चाहेका विषयमा जानकारी इमान्दारीपूर्वक उपलब्ध गराउने साथै नेपालका विश्वविद्यालयमा पढ्न आउन चाहने विदेशीका लागि समेत सहजिकरण गर्ने जानकारी दिए ।

एप्क्यानमा ११ जना प्रारम्भीक सदस्य रहेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्