एससीसीको विरोधमा संयुक्त ट्रेड युनियनको प्रदर्शन

एससीसीको विरोधमा संयुक्त ट्रेड युनियनको प्रदर्शन

काठमाडौं । संयुक्त ट्रेड युनियन संघर्ष समितिले एमसीसीको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।
आज काठमाडौंको शान्तिवाटिबाट राष्ट्रघाती एमसीसी परियोजना फिर्ता गर, राष्ट्रिय स्वाधिनताको संघर्ष अघि बढाउँन भन्ने नारासहित सुरु भएको विरोध प्रदर्शन एमसिएको कार्यालयसम्म पुगेको थियो ।

प्रदर्शनमा संयुक्त ट्रेड युनियन संघर्ष समितिका महासचिव राज कुमार थापाले आगामी दिनमा विशाल आन्दोलनकासाथ दलाल पुँजीपति र संसदीय व्यवस्थालाई हटाउँने चेतावनी दिए ।

उनले अबको दिनमा मजदूर वर्गको शासन सत्ता देशमा कायम गर्न जरुरी भएको तर्क गरे । उनले भने, ‘दलाल पुँजीपतिहरुलाई खबरदारी मात्रै गरेका हौं । आगामी दिनमा विशाल आन्दोलनका साथ दलाल पुँजीपति र संसदीय व्यवस्थालाई नै हामी भगाउँन सक्छौ भन्ने कुरा पनि यस मञ्चबाट चेतावनीको रुपमा साम्राज्यवादी दलाल र यी व्यवस्थाका नाइकेहरुलाई दिन चाहान्छौ । सम्पूर्ण तहमा रहेका मजदूर साथीहरु एकतावद्ध भएर आउँनु भनेर आह्वान पनि गर्न चहान्छु । मजदूर वर्गको शासन सत्ता देशमा कायम गर्न जरुरी छ ।

यस्तै, प्रशर्दनमा सहभागी प्रदर्शनमा सहभागि केदार गिरीले राष्ट्र र राष्ट्रियतामाथि आँच आउँने कुनै पनि काम गरिन्छ भने, नेपाली श्रवजीवि वर्ग चुप लागेर नबस्ने भन्दै एमसीसी लागू हुने हो भने त्यसको विरुद्ध सशक्त ढङ्गले अगाडि बढ्ने बताए । उनले भने, ‘एमसीसी जस्तो सम्झौता लागु हुन दियो भने जनता झन पीडामा पर्ने हुन्छ । राष्ट्र र राष्ट्रियता माथि आँच आउँने कुनै पनि काम गरिन्छ भने, नेपाली श्रवजीवि वर्ग चुप लागेर बस्दैन्, श्रमिक वर्गले देश बनाउँन सक्छ भने विगार्न पनि सक्छ । ’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्