पोखरा । पोखराका अग्रज वामपन्थी नेता एवं मानवअधिकारवादी टेकनाथ बरालको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकाक्रममा मंगलबार ८४ वर्षको उमेरमा उनको निधन भएको हो ।
वि.सं.१९९६ सालमा पोखराको बैदाममा जन्मिएका उनको परिवारमा श्रीमती, छोरा र तीन छोरी रहेका छन् । उनको शव साँझ ५ बजेसम्म श्रद्धाञ्जलीका लागि घरमा राखिने र त्यसपछि दाहासंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।