सरकारले व्यक्ति र दलको स्वार्थमा विधेयक ल्यायो : पौडेल

सरकारले व्यक्ति र दलको स्वार्थमा विधेयक ल्यायो :  पौडेल

काठमाडौं । नेपाली कांग्रसका सांसद प्रदीप पौडेलले, कानूनमन्त्रीले प्रस्तुत गरेको विधेयक व्यक्ति र दलको स्वार्थसँग जोडिएको आरोप लगाएका छन् ।

मंगलवार प्रतिनिधिसभाको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको छलफलमा भाग लिँदै उनले बिषयगत आधारमा नछुट्याई सबै मन्त्रालयबाट थाति रहेको सबै विधेयक एकैपटक ल्याएर प्रस्तुत गर्नु दलको स्वाथसँग जोडिएको जस्तो देखिएको टिप्पणी गरे ।

उनले भने, ‘बिषयगत आधारमा छुट्याएर विधेयक छलफलमा ल्याईएको भए हुन्थ्यो ।सबै मन्त्रालयबाट संकलन गरेर मन्त्रीज्यूले प्रस्ताव गरेको देखियो । यो ७४देखि थाति रहेको सबै एकैपटक ल्याएर प्रस्तुत गर्दा व्यक्तिको या दलको स्वार्थ जोडिएको जस्तो देखीयो ।’

उनले कानून निर्माण राष्ट्रको आवश्यकतासँग जोडिएकाले व्यक्ति या दलसँग जोडिएको जस्तो देखिएमा स्वभाबिक ढङ्गले लिन नसकिने टिप्पणी गरे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्