काठमाडौं । सांसद रघुजी पन्तले संसदमा आएको विधेयक र विधेयक प्रस्तुत गर्ने तरिका लोकतन्त्र विरोधी भएको टिप्पणी गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा उनले भिन्न भिन्न ऐनलाई सन्दर्भ र कारणविना एउटै डालोमा राखेर संशोधनको लागि विधेयक प्रस्तुतीको तरिका संविधानको भावना अनुसार व्यवस्थापिकाको कार्य क्षेत्रमाथि, कार्यपालिकाको हस्तक्षेप उनको टिप्पणी छ ।
उनले भने, ‘यसले हाम्रो संसदको प्रभावकारीतालाई प्रभाव पार्छ । भिन्न भिन्न ऐनलाई सन्दर्भ र कारणविना एउटै डालोमा राखेर संशोधनको लागि यसरी विधेयक ल्याउँने तरिका अलोकतान्त्रिक छ । यसरी आएको विधेयक अबदेखि संसदमा छलफल हुदैँन् । सम्भव हुन्छ यसलाई जस्ताको त्यस्तै फिर्ता गरौं सम्बन्धित तरिकाले ल्याउँनु पर्छ सम्भव हुदैँन भने विगतमा यस्तो नहोस भन्न चहान्छु ।’
उनले विश्वविद्यालयदेखि वन ऐन, लोकसेवा ऐनदेखि विमा ऐन, सन्धी ऐनदेखि पर्यटन ऐन, न्याय परिषद्देखि निर्वाचन ऐनसम्म सबै ऐन एउटा विधेयकमा आएको भन्दै ऐनलाई संशोधन गर्दा पढेर, आएको संशोधन औचित्यपूर्ण छ कि छैन् सोच्न छलफल गर्न पनि नपाएको बताए ।
उनले भने, ‘कुन ऐन किन र के विषयमा संशोधन गर्नुपर्यो भन्ने विषयमा गहिराईमा पुगेर संशोधन गनुपर्ने ऐन र सन्दर्भ, परिस्थिति तथा आवश्यकतालाई राम्रोसँग बुझेर तथा संशोधनपछि लामो समयसम्म ऐनले काम गर्न सकोस भन्ने पक्षलाई ध्यानमा राखेर मात्रै ऐनलाई संशोधनको लागि विधेयकको रुपमा प्रस्तुत गर्नु पर्छ तर अहिलेको तरिका अवैज्ञानिक छ ।’