सरकारले हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्‍यो : सचेतक बर्तौला

संसद चलाउन सरकार गम्भीर देखिएन

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले, सरकारले हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले हिंसात्मक कार्य गर्नेहरु अपराधी हुन की राजनीतिक समुह हुन ? भन्दै प्रश्न गरेका छन् ।
‘हिंसात्मक कार्य गर्नेहरु अपराधी हुन की राजनीतिक समुह हुन ? हिंसात्मक गतीविध गर्नेहरुलाई राजनीतिक समुहको आवरण दिएर त्यसलाई बचाउनको लागि प्रश्रय दिनको लागि राजनीतिक समुह बन्ने ठम्याई, निष्कर्ष सरकारले निकालिरहेको छ । ’

हिंसात्मक गतिविधि गर्नेहरुलाई राजनीतिक समुहको आवरण दिएर त्यसलाई बचाउने काम भएको उनको भनाई छ ।

सरकारले यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्