मन्त्री र प्रधानमन्त्रीहरुलाई पनि कारबाही हुनुपर्छ : सुवाल

मन्त्री र प्रधानमन्त्रीहरुलाई पनि कारबाही हुनुपर्छ : सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास, सुन प्रकरणमा संलग्न मन्त्री प्रधानमन्त्रीलाई किन कारबाही भएन ? भन्दै प्रश्न गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभामा उनले भने, ‘ललिता निवासको सरकारी जग्गामा व्यक्तिको नाममा दर्ता गरिदिने सुन तस्कर र नक्कली भुटानी शरणर्थी प्रकरणमा संलग्न मन्त्री र प्रधानमन्त्रीहरुलाई कारबाही किन भएन ? ’

उनले शासक दलका नेता र प्रधानमन्त्रीहरु अपराधमा संलग्न भएता पनि कारबाही नहुने के यो निर्वाचित राजतन्त्र हो र ? भन्दै प्रश्न समेत गरेका छन् ।

अरबौं रुपैयाँको महशुल नबुझाउनेहरुसंग कुन कुन मन्त्रीको सांठगाँठ छ ? छानविन गरि कारबाही गर्न जरुरी भएको उनको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्