शुल्क वृद्धि फिर्ता गर्न सांसद खानको माग

उद्योग समितिको सभापतिमा अब्दुल खान निर्विरोध

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले ईन्जीनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले तिरिरहेको भन्दा तीन गुना बढि शुल्क भएर पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका भन्दै शुल्क फिर्ता गर्न माग गरेका हुन् ।

उनले भने, ‘देशमा ईन्जिनियर विद्यार्थीहरुको शुल्क तिरिरहेको भन्दा तीन गुनाबढी गरिएको हुनाले विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन् । यस्तो अवस्थामा देशको भबिश्य के हुन्छ ? पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य छन् । यस्तो बेला देशको नेताहरुले भविश्यको योजना कसरी बनाउँनु हुन्छ त्यसैले चाँडो यस्को समाधान गर्न माग गर्दछु । ’

उनले कम्यूटर शिक्षाको लागि करारमा मात्र राख्ने गरेको भन्दै दरबन्दीमा राख्न समेत माग गरे ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्