काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विधिको शासनमा पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनीधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैँ उनले समाजिक सद्भावमा खलबल पार्ने र एक अर्काको संस्कृति र धर्म विरुद्ध हुने दोषपूर्ण अभिव्यक्ती र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन नसक्ने बताएका छन् ।
सांसद ईश्वरी देवि न्यौंपानले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने,‘सरकार विधिको शासनमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट गर्दछु । ’ उनले नेपालको राष्ट्रियता बलियो भएको बताएका छन् । सामाजिक सहअस्तित्वमा खलल पुर्याउने कुनै पनि कार्य हुन नदिन सरकार दृढ र स्पष्ट भएको उनको भनाई छ ।
राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न एक्सन रुमबाट काम
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको योजना सम्पन्न गर्न एक्शन रुमबाट काम गरिरहेको बताएका छन् । उनले कार्यसम्पादनको लागि आवश्यक निर्देशन समेत दिइरहेको बताए ।
सांसद क्रृषि केश पोखरेलको प्रश्नको जवाफ दिँदै उनले भने राष्ट्रिय गौरवको आयोजनालार्य समयमा नै सम्पन्न गर्न म आफैंले प्रधानमन्त्रकिो हैसियतले एक्सन रुमबाट नियमीत तवरमा कार्यतालीका बनाएर कार्यप्रगतकिो जानकारि लिई कार्यसम्पादनको लागि आवश्यक निर्देन दिएको छु ।
उनले राष्ट्रिय गौरवको आयोजना मध्य २ वटा सम्पन्न भएको ,१४ वटा प्रगती ८० प्रतिशत भन्दा माथि रहेका, ५ वटाको प्रगती ५० देखि ८० प्रतिशत सम्म रहेको र २ वटा ५० प्रतिशत रहेको बताएका छन् ।
चीन भ्रमणमा नाका खोल्न जोड दिन्छु
प्रधानमन्त्री प्रचण्डले, आफ्नो चीन भ्रमणको क्रममा नयाँ सीमा नाका खोल्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले सांसद उदय संशेर जवराले गरेको प्रश्नको उत्तर दिदै आफ्नो आसन्न चीन भ्रमणमा यसअघि दुई देशको बीचमा भएको विविध सम्झौतालाई कार्यान्वयन गर्न पहल गर्ने र दुई देशबीचको सीमानाका सञ्चालनलाई प्रभावकारी बनाउनेतर्फ जोड दिने बताएका हुन् ।
त्यस्तै उनले आफ्नो भ्रमण सामाजिक आर्थिक रुपले फलदायी हुने बताए । उनले नेपालको सामाजिक आर्थिक सम्बन्धलाई थप उचाइमा पुर्याउने गरी चीन भ्रमण प्राथमिकतामा रहेको उल्लेख गरे ।
उनले भने, ‘मेरो चीन भ्रमण दुई देश बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक आर्थिक विकासको लागि चीन नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रीत रहने छ ।’
त्यस्तै उनले नेपाल र चीन बीचको व्यापारिक र आर्थिक पक्षलाई जोड दिदै सीमा नाकाको सञ्चालनमा जोड दिने उल्लेख गरे ।
‘भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिइने छ । नेपाल र चीन बीचको आर्थिक तथा व्यापार सम्बन्ध थप सघन बनाई दुई देश बीच भएका सीमानाकाहरुको सञ्चालनमा प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषयहरु भ्रमण कार्यसूचीमा रहेको छ,’ उनले भने ।
उनले आफ्नो भ्रमणमा सडक, उर्जा, व्यापार, कृर्षि , स्वास्थ्य र शिक्षाको क्षेत्रमा रुपान्तरणकारी परियोजनाहरुमा चीनको सहयोग विस्तारको विषयलाई प्राथमिकतामा राखेको बताए ।
कृषि क्षेत्रको विकासमा सरकार प्रतिवद्ध छ
प्रधानमन्त्री प्रचण्डले सवल आत्मनिर्भर अर्थतन्त्र निमार्णको लागि कृषि क्षेत्रमा गुणात्मक र रुपान्तरणकारी परिवर्तन सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
सांसद उर्मिला माझिले कृषि क्षेत्रमा लगानी अत्याधिक हुने तर प्रतिफल न्यून हुदाँ कृषिप्रति आकर्षण घट्दै गएको विषयलाई लिएर प्रधानमन्त्रीलाई सोधेको प्रश्नमा उनले सो जवाफ दिएका हुन् ।
उनले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँन कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणलाई सरकारले उच्च रुपमा जोड दिदैँ आएको बताए ।
यस्तै, उनले कृषि क्षेत्रमा अपेक्षित प्रतिफल प्राप्त गर्न नसक्नुका कारणहरु पैलाउँदै उत्पादन वृद्धिका लागि विभिन्न कामहरु अघि बढिरहेको पनि बताए ।
प्रधानमन्त्रीले उत्पादित कृषि वस्तुको बजारको सुनिश्चितताका लागि धान, गहुँ, उखुलगायतका बालीका न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने लगायतका कार्यक्रमहरुपनि सञ्चालनमा रहेका बताए ।
रारामा पर्यटनको विकास सरकारको प्राथमिकतामा
प्रधानमन्त्री प्रचण्डले, पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निमार्णका कार्यलाई सरकारको उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
प्रतिनिधि सभाका सांसद ऐन बहादुर शाहीले उठाएको प्रश्नको जवाफ दिँद उनले भने, ‘पर्यटनको विकास आवश्यक पूर्वाधार निमार्णका कार्य सरकारको उच्च प्राथमिकतामा छन् । रारालगायत पर्यटकीय स्थलको विकास संघीय स्रोतबाट सञ्चालन हुने कार्यक्रम बाहेक प्रदेश तथा स्थानीय तहबाट समेत आफ्नो क्षेत्रभित्र रहि पूर्वाधार निमार्ण तथा पर्यटन प्रवर्द्धनका कार्यहरु सञ्चालनमा रहेको छ ।
उनले कर्णाली राजमार्ग अन्तरगतको नाग्म गमगढि सडक निमार्णलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेर कामहरु अगाडि बढेको पनि बताए ।