कोशीमा गठबन्धनलाई सघाउने सहमति भएको छैन : लिङदेन

कोशीमा गठबन्धनलाई सघाउने सहमति भएको छैन : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स‌ंसदीय समितिको सभापति लिने क्रममा सत्ता गठबन्धनसँग लेनदेन नगरेको प्रष्ट पारेका छन् । मंगलबार साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स युएईको साताव्यापी भ्रमण सकेर स्वदेश फर्कदै गर्दा विमानस्थलमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङदेनले आफुहरुले दलको हैसियत अनुसार सभापित लिएको भन्दै कोशीमा गठबन्धनलाई सघाउने सहमति नगरेकाे दावी गरें ।  ‘काेशीका सभामुख फालाफाल छ, कसैसँग साैदा गर्नु पर्दैन’ उनले भने ।

उनले युएईमा धेरैं नेपाली कामदारहरु ठूलो समस्यामा भएको बताएका छन् ।  उनले धेरै ठूलो संख्यामा कामदारहरु रहेको मुलुकको दूतावासहरुको क्षमता अत्यन्त कमजोर भएको र सरकारले यो कुरामा गम्भीर हुनु पर्ने बताए ।

उनले भने ‘ सप्लाईको क्रममा जाने कामदारहरुले धेरै दुःख पाएको पाईयो । घरेलु काममा जाने महिलाहरु असाध्य पीडित र दुःखमा रहेको अवस्था छ । त्यो संँग संँगै यो भिजिट भिसामा जाने मानिसहरु ठूलो समस्यामा रहेछन् । त्यति धेरै ठूलो संख्यामा कामदारहरु रहेको मुलुकको दूतावासहरुको क्षमता भने अत्यन्त कमजोर देखियो । ’

साउदी अरेबियाले मात्र ४० करोड भन्दा माथि रेमिट्यान्स पठाउने तर हाम्रो कामदारहरुको अवस्था भने दयनीय रहेको उनको भनाइ छ ।

अध्यक्ष लिङदेनले यो सबै दिल्लीमा भएको १२ बुँदे सहमति र त्यसले तय गरेको मार्गचित्रका साथै सरकारको उदासिनता एवं धर्मनिरपेक्षताको दुष्परिणाम भएको बताए ।

 

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्