तस्करीको जालो तोड्ने काम रोकिन्न : प्रचण्ड

माओवादी फेरी जागेको छ, पार्टी नयाँ ढंगले अघि बढ्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले तस्करीको जालो तोड्ने काम नरोकिने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जाने बताए ।

उनले भने ‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन । भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।’

प्रधानमन्त्री दाहालले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।

उनले भने ‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ।  त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ । ’

प्रधानमन्त्री दाहालले सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छट्पटी सुरू भएको दाबी समेत गरे ।

सरकार र सरकारको नीतिप्रति व्यवसायीहरु ढुक्क हुन सकेका छैनन 

प्रधानमन्त्री  प्रचण्डले सोचेको जस्तो अर्थतन्त्र चलायमान नभएको बताएका छन् । उनले अर्थतन्त्रमा ठूलो दवाव भएको बताए ।

उनले भने ‘ अर्थतन्त्रमाथि भएको अहिलेको दवावको अन्त्य भएको छैन् । नेपाल अहिले पनि कतिपय सन्दर्भमा निकै ठूलो दवावमा छ । अर्थतन्त्र त्यति चलायमान भएको छैन् । सरकार र सरकारको नीतिप्रति, व्यवसायीहरु ढुक्क हुन सकेका छैनन् । ’

उनले आम जनतालाई विश्वासमा लिने आवश्यकता अझै पनि बाँकी भएको बताए ।

नेपालमा पछ्याएको विकासको मोडल पनि फेल भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

उनले भने ‘ नेपालले पछ्याईरहेको विकासको मोडल अन्तर्गत १६ औं मोडलमा छौं तर यो फेल भएको मोडल हो । यसले अग्रगति दिन सकेन, देशको अर्थतन्त्रमा यसले रुपान्तरण ल्याउन सकेन । यसमा आमूल परिवर्तन आवश्यक छ । ’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्