बागमतीमा ठूलो संख्यामा करारमा कर्मचारी माग

बागमतीमा ठूलो संख्यामा करारमा कर्मचारी माग

काठमाडौं । बागमती प्रदेश अन्र्तगत आन्तरिक मामिला तथा कानून मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ ।

उसले एक सूचना प्रकाशित गर्दै प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त ७१ स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आज (मंगलबार) देखि १५ दिनभित्र तोकिएको ढाँचामा निवेदन आह्वान गरेको छ । जागिर २०८१ असार मसान्तासम्मका लागि हुने पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्