काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले, सवारी साधन, पार्ट पुर्जाबारे जानकारी दिने उद्देश्यले आयोजना हुदैँ आएको ‘नाडा अटो शो’ को १५ औँ संस्करण यही भदौ २० गतेदेखि सुरु हुने जानकारी दिएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसोसिएसनले प्रदर्शनी भदाै ३१ गते सम्म चल्ने बतायो ।
प्रदर्शनीमा ठूला तथा साना गरी करिव १२० वटा स्टल रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट पूजाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने बताइएको छ ।
प्रदर्शनीमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल ९ वटा वित्तीय संख्या तथा ३० वटा लुब्रिकेन्ट, टायर ब्याटरी, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
उक्त कार्यक्रममा अटोमोबाईल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले काठमाडौंमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी स्थल आवश्यक रहेको बताए ।
अघिल्लो सरकारले बजेटमा पनि यसलाई समावेश गरेको तर कार्यान्वयन हुन नसकेको भन्दै उनले यति ठूलो जनसंख्या भएको क्षेत्रमा व्यवस्थित प्रदर्शनी स्थल नभएको प्रति असन्तुष्टि जनाए ।
उनले भने, ‘ठूलो महानगर छ ५०-६० लाख जनसंख्या भएको क्षेत्र छ, यस्तो ठाँउमा एउटा पनि व्यवस्थित प्रदर्शनी स्थल भएन, यसमा प्रर्दशनी स्थलको व्यवस्था गनुपर्ने छ भनेर सरकारलाई भनेका थियौँ । पहिलाको सरकारले बजेटमा पनि यसलाई समावेश गरेको कुरा आएको थियो तर त्यसलाई कार्यान्वयन भएको छैन् । काठमाडौंमा अन्तरराष्ट्रिय स्तरको प्रदर्शनी स्थल एकदमै आवश्यक भएको छ ।’
यस्तै, अटो शोले अटो मोबाइलको क्षेत्रमा रक्तसञ्चार प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै विगतका समयमा जस्तै यो पटक पनि सबैको साथ आवश्यक भएको बताए ।
नाडा अटो शो २०२३ समितिका सभापति अनुप कुमार वरालले शोको बारेमा जानकारी दिदैँ प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रि पछिका सेवा, आदिका छुट्टा छुट्टै स्टलहरु रहने जानकारी दिए ।
उनले भने ‘अटो सम्बन्धी जानकारी दिन म्यागेजीन तथा पत्रकाहरुका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक गराउने उद्देश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौको सूचना कक्ष समेत प्रदर्शनीमा रहने छ ।’
प्रदर्शनी स्थलमा सजिलै आवागमनका लागि काठमाडौं मल, सैनिक कल्याणकारी भवन, बस पार्क भिउ टावर लगायतका सार्वजनिक पार्किङ स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने उनले जानकारी दिए ।
एक्स्पोलाई व्यवस्थित बनाउन प्रदर्शनी स्थलमा भिड भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजैदेखि खल्ती एपमार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको उनको भनाई छ ।
६ दिन सम्म बन्ने उक्त नाडा अटो भी २०२३ मा झण्डै ७५ हजार आथन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको छ ।
यस वर्षको अप आकर्षणमा कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले आइडिया इ एट एस प्रो इलेक्ट्रोनिक स्कूटर टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको जनाएको छ ।