काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क्रृषि कट्टेलले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको निर्णय गर्न नमान्नेलाई जनताको माझमा ल्याएर नांगेझार पार्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयनविरुद्धको वृहत अन्तरक्रिया कार्यक्रममा कट्टेलले अब केही नगरि यो रोकिन्छ भनेर बस्नु व्यर्थ हुने बताए ।
उनले भने ‘ यदि एमसीसी खारेज गर्ने निर्णय लिँदैनन भने र यसलाई कार्यन्वयन गर्छन भने तपाईलाईले मञ्चबाट घोषणा गर्नुपर्छ यि राष्ट्रघाती हुन् । नामै काटेर भन्नु पर्छ एमसीसीका राष्ट्रघाती यि चारवटा हुन यिनलाई देशभरि जनताको माझमा नंग्याउनु पर्छ । अब त्यसै यो रोकिन्छ भनेर बस्न हुन्न । ’
अध्यक्ष कट्टेलले समाजवादी मार्चामा आवद्ध प्रधानमन्त्री एमसीसी लागू गर्ने अपराधी रहेको आरोप पनि लगाए ।