प्रचण्ड सरकारको ६ महिनाका उपलब्धि सार्वजनिक

काठमाडौं । गठबन्धन सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो २०७९ पुस ११ गतेदेखि २०८० असार १० गतेसम्मको ६ महिनाको कार्य विवरण सार्वजनिक गरेका छन् ।

गठबन्धन सरकारको नेतृत्व सम्हाल्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको दाहाल सरकारले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई तीनै तहको सरकारमा कडाईका साथ कार्यान्वयन गरेकोदेखि भ्रष्टाचारसम्बन्धी विभिन्न २८ वटा मुद्दा दर्ता गराएको सम्मलाई ६ महिनाको उपलब्धिको रुपमा लिएको छ ।

यस बीचमा सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि विविध ६ वटा कामलाई ६ महिनाको कार्य विवरणमा उल्लेख गरिएको छ ।

दाहालले सरकारको कार्यभार सम्हालेको ६ महिनामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि गरिएका काममा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई तीनै तहका सरकारमा कडाइको साथ लागू गरिएको,नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरि दोषीलाई कानूनी दायरामा ल्याइएको,मिटरव्याजी पीडितको समस्या समाधानका लागि मुलुकीसंहितासम्बन्धी केही नेपाल ऐन संशोधन गरिएको पनि उल्लेख गरिएको छ ।

साथै जाँचबुझ आयोग गठन गरी २३ हजार १ सय १८ उजुरीमाथि कारबाही गरिएको,अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुल ११ हजार ३ सय ७३ उजुरी दर्ता भएकोमा ९ हजार ३ सय ७४ मुद्दा फर्छ्यौट गरेको उल्लेख छ ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएका टोलीले रङ्गेहात २९ जनालाई घुससहित पक्राउ गरेको देखि भ्रष्टाचारसम्बन्धी विभिन्न कसुरमा ७८ वटा मुद्दा दायर गराई १ अर्ब ११ करोड ५५लाख बिगो दाबी गरिएकोलाई ६ महिनाको उपलब्धिको रुपमा राखिएको छ ।

 

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्