एमसीसी पास भएसँगै देशमा खतरा पैदा भयो : पूर्व जर्नेल बस्न्यात

एमसीसी पास भएसँगै देशमा खतरा पैदा भयो : पूर्व जर्नेल बस्न्यात

काठमाडौं । नेपाली सेनाको पूर्व जर्नेल डा. प्रेम सिंह बस्न्यातले एमसीसी पास भएसँगैं देशमा खतरा पैदा भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एमसीसी कार्यान्वयन विरुद्धको वृहत अन्तरक्रिया कार्यक्रममा बस्न्यातले एमसीसी पासभएसँगै देशको भूगोल प्रयोग गरेर अमेरिकाले ठूलो यूद्ध गर्ने भन्दै यसले देशमा ठूलो खतरा पैदा हुने दावी गरे ।

उनले भने,‘तपाईहरु माओवादीबाट फुटेर आउँनु भएको छ केहि गर्नुहोस् देशमा जागिरे मरे सबै मरे दुई लाख बन्दुकको संस्था मर्‍यो देशमा लोकसेवा पास गरेर आउँने विए एमए गर्ने मरे । देशमा हामी सडकछापहरु कराएर हिडेका छौं । देश बचाउँनु पर्‍यो भनेर राष्ट्रियता बचाउँनको लागि म भन्छु एमसीसी नेपाललाई चाहिँदैन् । यो खतरा यो नेपालको लागि । अमेरिकाले पैसा कमाउँछ बन्दुक बेचेर, यूद्धको लागि भोलिका दिनमा यहिबाट भारतलाई मार्नेछ । हाम्रो भूगोल प्रयोग गरेर ।’

पूर्व जर्नेल बस्न्यातले एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पासमा प्रधानसेनापतिलाई बात लगाएको भन्दै बन्दुकेहरुको कि नेताहरुको कुरा पत्याउँने भन्दै प्रश्न गरे ?

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्