काठमाडौं । डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।
पण्डित गएरातिदेखि सम्पर्कविहीन भएपछि सेनासहित नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए । उनले भने ‘ हिजो साँझ सात बजेसम्म संगै रहेका गुल्मपति पण्डित बडीगार्डलाई पनि छोडेर एक्लै बाहिरिएको र अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन् । सेना र प्रहरीको टोलीसहित हामी उहाँको खोजी गरिरहेका छौं ।’
गुल्मपति, पण्डितको मोवाइलमा सम्पर्क हुन नसकेको उनको भनाई छ ।