काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद नेपालका प्रवक्ता हेम शंकर गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेका सभापति शेरबहादुर देउवासहितको सरकारले एमसीसी पास गरेर जनतालाई धोका दिएको आरोप लगाएका छन् ।
सोमबार एमसीसी कार्यान्वयनविरुद्धको वृहत् अन्तरक्रिया कार्यक्रममा प्रवक्ता गिरीले संयुक्त सरकारकै सहभागितामा मुलुकलाई धोका दिने काम भएको बताए ।
उनले भने ‘ राष्ट्रघाती एमसीसी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घाँटीमा तरवार झुण्डाएर पास गरेको हो की के हो मलाई थाहा छैन् । उहाँ आफै संयुक्त सरकार सहभागी हुनुहुन्थ्यो २०७४ मा त्यतिवेला नै यो एमसीसी सम्झौता भएको थियो ।’
प्रवक्ता गिरीले एमसीसी पास गरेर नेपाली जनता र मातृभूमि प्रति धोका भएको जिकिर गरे । उनले नेपाल जस्तो मुलुकमा द्धन्द्ध फैलाएर तहसनहस गरेर विदेशी सेनाको कब्जामा देशलाई पुर्याउने कार्य भएको दावी समेत गरे ।