आफूविरुद्ध एकतर्फी प्रहार गरिएको नम्रताको गुनासो

आफूविरुद्ध एकतर्फी प्रहार गरिएको नम्रताको गुनासो

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर सार्वजनिक प्रष्टीकरण दिएकी छन् । उनले आइतबार र सोमबार सामाजिक सञ्जाल मार्फत प्रष्टीकरण दिएकी हुन् ।

आईतबार सामाजिक सञ्जाल मार्फत उनले आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको गुनासो पनि गरेकी छन् ।

उनले लेखेकी छिन् ‘ एक जना महिला भएकै कारण यति धेरै सामाजिक आक्रमण भएको होला शायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु । यहाँ एकतर्फी रुपमा केही मुठ्ठीभर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडियामा सबैले पढ्नु भएकै छ, सुसाईड जस्तो संंवेदनशील बिषयलाई ग्लोरी गर्नु उचित हुदैन । पत्रकार देशको चौथो अङ्ग हो म उहाँहरूलाई सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो.. तर केही पित पत्रकारिता गर्ने अनलाइन मिडियाहरूबाट यो घटना पछि भिउजका लागि जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन समाचार प्रति म घोर भत्र्सना गर्दछु। यो किसिमका तथ्यहीन समाचार प्रति देश विदेशमा रहनु भएका मेरा सम्पूर्ण आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु । ’

प्रहरी प्रशासनलाई मेरो पूर्ण सपोर्ट छ
अभिनेत्री श्रेष्ठले अभिनेता शारुक ताम्राकारको मृत्य प्रकरणमा प्रहरी प्रशासनलाई सहयोग गर्न तयार रहेको बताएकी छिन् ।
सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण आफुमाथि सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छिन् ‘ अनुसन्धानलाई प्रभाव पार्ने काम कोही कसैबाट नगरौं, जस्टिस फर शारुक निष्पक्ष छानविन होस, म र मेरो परिवारको तर्फबाट प्रहरी प्रशासनलाई अनुसन्धानको सवालमा पूर्ण सपोर्ट रहने छ ।

कपोकल्पित तवरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु फिजाइएको तर आफु कही पनि नगएर देशमै रहेको पनि उनको प्रष्टोक्ति छ ।

उनले लेखेकी छिन ‘ कपोकल्पित तवरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डाहरु फिजाइयो, जब कि इण्डिया भन्दा बाहिर देश जाँदा भिसा चाहिन्छ, प्रहरी प्रशासनलाई बयान दिन जाँदा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरुले भन्नु भयो.. तपाई त विदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर ..तर कतै भिजिट गरेको देखिन्नत भनेर अचम्मित हुनु भयो । ’

शारुकको आत्महत्याअघि नम्रतासँग झगडा भएको समाचारहरू बाहिर आएका थिए ।

केहीले नम्रतालाई नै आत्महत्याको प्रमुख कारकतत्वका रूपमा औल्याउन समेत खोजेका थिए

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्