राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु

काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री ,मूख्यमन्त्री, मूख्य सचिव तथा सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ ।

बैठकमा योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले योजना आयोगको आगामी योजनाबारे आफ्नो धारणा राखेका छन् ।

 

 

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्