काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोकिने भएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज अटोमेसन प्रणालीमा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने भएका छन् ।
आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो । अब भने ‘डिजिटल सिस्टम’ले नै मुद्दाको पेशी तोकिने छ ।
अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ ।