काठमाडौं । तापमान वृद्धिको असरबारे जनचेतना जगाउने उद्देश्यले, मनाङमा खेलकुद प्रतियोगिता हुने भएको छ ।
विश्वव्यापी रुपमा हिउँ चितुवा, वातावरण चौरी र हिमालयको संरक्षणका लागि, कलाकार र स्थानीय युवाबीच मैत्रिपूर्ण खेलकुद प्रतियोगिता हुने भएको हो ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जैविक विविधता संरक्षण समाज नेपालले मनाङको चामे, पिसाङ र मनाङमा फुटबल तथा तेक्वान्दो प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो ।
त्यस्तै सो अवसरमा महिला तथा युवा समूहले स्थानीय सांस्कृतिक कला प्रर्दशन गर्नेलगायतका कार्यक्रम तय भएको पनि जानकारी दिइएको छ ।
सो अवसरमा त्यस क्षेत्रका चर्चित ठाउँको भ्रमणको समेत कार्यक्रम राखिएको जानकारी दिइएको छ ।