काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिले आज सभापति पाउने भएको छ ।
संसद् सचिवालयका अनुसार दसमध्ये ९ वटा विषयगत समितिमा एकल उम्मेदवारी परेको छ । एउटा समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने भएको छ ।
एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन हुने व्यवस्था रहेको छ ।
९ महिनापछि बस्दै संसदीय समितिको बैठक
आज संसदीय समितिको बैठक समेत बस्ने भएको छ । ९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि ९ महिनापछि संसदीय समितिको बैठक बस्ने भएको छ । संसद् सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।