सर्वोच्चमा भोलीदेखि पेशी तारिख स्वचालित प्रणालीबाट

सर्वोच्चमा भोलीदेखि पेशी तारिख स्वचालित प्रणालीबाट

काठमाडौं । प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठले सूचना सम्प्रेषण गर्दा सही तथ्य र विचारहरुलाई उजागर गर्ने हो भने जनमानिसमा न्यायलयप्रति आस्था बढ्ने बताएका छन् ।

संवैधानिक तथा न्यायीक पत्रकार मञ्चद्वारा आयोजित न्यायीक विषयमा छलफल एंव बधाई तथा शुभकामना कार्यक्रममा उनले न्यायलयको काम र अवस्था कठिन भएको हुदाँ न्यायपालिकाको समाचार प्रसार गर्दा संवेदनशील र सचेत भएर काम गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

उनले भने, ‘मेरो अनुरोध पत्रकारहरुसँग के छ भने न्यायपालिकाको समाचार प्रसार गर्दा संवेदनशील र सचेत भएर काम गर्नु पर्छ । न्यायपालिकाको अवस्था नाजूक नै छ । नागरिकले जे भने पनि विश्वास गर्ने अवस्था छ । न्यायलयको काम अलि कठिन हुन्छ । यसले गर्दा हाम्रो न्यायकर्मीहरुलाई निराशा छाउँने हुन्छ । ’

यस्तै, उनले न्यायपालिकाभित्र हुन सक्ने अनियमितताको कुरालाई विधिबाट सम्बोधन गर्नको लागि भोलीबाट पेस्की तारिक अटोमेशनको सुरुवात गर्न लागिएको जानकारी दिएका छन् ।

पेस्की तारिक तोक्दा प्रविधिबाट मात्रै तोकिने, मानव हस्तक्षेप नहुने हो भने न्यायलयभित्र रहेका अनियमिततालाई रोक्न सकिन्छ कि भन्ने विश्वासका साथ उक्त कार्यको सुरुवात गर्न लागिएको उनको भनाई छ ।

‘न्यायपालिका भित्र हुन सक्ने अनियमितताको कुरालाई विधिबाट सम्बोधन गनुपर्ने हुन्छ । सम्बोधन गर्ने क्रममा कति कुराहरु व्यवहारिक र सुष्म रुपमा परक गर्नुपर्ने हुन्छ । हामी यसमा प्रविधि मैत्री भयो भने समस्याहरु कम हुन्छ कि भनेर भोली पेशी तारिख अटोमेशनको सुरुवात सर्वोच्च अदालतबाट गर्दै छौ । पेस्की तारिक तोक्दा कर्मचारीहरुले एउटा प्रविधिबाट मात्रै तोकिने, मानव हस्तक्षेप नहुने प्रविधि भोलीबाट सुरुवात गर्दै छु । यस्तै माध्यमबाट अनियमिततालाई रोक्न सकिन्छ होला भन्ने विश्वास गरेको छु ।’

उनले पत्रकारहरुसँग बसेर दोहोर कुराकानी हुने हो भने संवादमार्फत समस्याहरु सम्बोधन हुन सक्ने भन्दै महिनाको एकपटक भएपनि यस्तो कार्यक्रमको आयोजना गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्