काठमाडौं । प्रतिनिभिसभा अन्तरगत गठित कानून न्याय तथा मानवअधिकार समितिको सभापतिको लागि विमला सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् ।
प्रतिनिभिसभा अन्तरगत गठित १० ओटा विषयगत समितिको सभापतिको चयनका लागि आज भैरहेको उम्मेद्वारी दर्ता प्रकृयामा नेकपा माओवादी केन्द्रको तर्फबाट कानून न्याय तथा मानवअधिकार समितिको सभापतिको लागि सुवेदीको मनोनयन दर्ता भएको हो ।
माओवादीको केन्द्रको भागमा पूर्वाधार विकास समिति र कानून, न्याय तथा मानव अधिकार समिति परेको छ ।
भोलि हुने संसदीय समितिको सभापतिको चयनकालागि सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेबाट ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका छन् ।
मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आज ४ः३० बजेपछि प्रकाशन गर्ने संसद सचिवालयको तयारी छ ।