काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइसिटी फोरमलाई तल्लो तहसम्म विस्तार गर्ने उद्घोष गरेका छन् ।
आईतबार पार्टी कार्यालय पेरिस डाँडामा आइसिटी फोरमको उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिलाई महत्व दिने राजनीतिक दल सफल हुने भएकाले फोरमको गठन गरेको बताउँदै संगठनलाई ग्रास रुटसम्म बिस्तार गर्ने उद्घोष गरेका हुन् ।
उनले भने, ‘विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्व दिएका राजनीतिक दल सफल र त्यसलाई महत्व नदिए असफल हुने देखिएको छ। त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार आइसिटी फोरमको गठन गर्ने निर्णय गरिएको छ । यसको संगठन ग्रास रुटसम्म यसको संगठन बिस्तार हुन्छ ।’
उनले समाजवादको आधार तय गर्नको लागि जनतासम्म पुग्ने गरी यस संगठनले पार्टीका नीति विचार र कामलाई प्रचार गर्ने पनि जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले आज पछिल्लो समय त्याग सर्मपण भन्दा पनि हल्ला कै भरमा संगठन बनाउने ट्रेन देखिएको हुँदा सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्न सो संगठन गठन गरीएको दाबी गरे ।
कार्यक्रमको संयोजक माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द आचार्य छन् । उनलेअहिले आइसिटि फोरमको केन्द्रीय तदर्थ समिति गठन गरिने जानकारी दिए।
सो कार्यक्रममा प्रधानन्त्री एंव पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष एंव प्रवक्ता अग्नि सापकोटा, जवसका इन्चार्ज पम्फा भूसाल , सूचना तथा संचार मन्त्री रेखा शर्मा लागायतको उपस्थिति थियो ।