काठमाडौं । प्रतिनिभिसभा अन्तरगत गठित लेखा र महिला तथा समाजिक मामिला समितिको सभापतिको लागि ऋषिकेष पोखरेल र किरण कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिभिसभा अन्तरगत गठित १० ओटा विषयगत समितिको सभापतिको चयनका लागि आज भैरहेको उम्मेद्वारी दर्ता प्रकृयामा नेकपा एमालेको तर्फबाट लेखा समितिको सभापतिमा ऋषिकेष पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरण कुमार साहले उम्मेद्वारी दर्ता गराएका हुन् ।
एमालेलाई तीन ओटा समिति भागमा परेको छ ।
भोलि हुने संसदीय समितिको सभापतिको चयनकालागि सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेबाट ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका छन् ।
मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आज ४ः३० बजेपछि प्रकाशन गर्ने संसद सचिवालयको तयारी छ ।