सरकारी जग्गा हिनामिना प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर

सरकारी जग्गा हिनामिना प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह लगायतलाई प्रतिवादी बनाइएको छ। उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार उनीहरूमाथि किर्तेमा मुद्दा दायर भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर सरकारी वकिलले किर्तेमा मात्र मुद्दा चलाएको हो । ब्युरोले दुवै मुद्दा चलाउन राय दिएको थियो ।

यो प्रकरणमा जग्गा फिर्ता गराउने प्रयोजनका लागि ५२ जनालाई प्रतिवादी बनाएर  मुद्दा दर्ता गरिएको छ ।

प्रतिवादी बनाइएकाहरुलाई जग्गा किर्तेको अभियोग भने लगाईएको छैन् । तर, किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

उक्त प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सीआईबीले समेत जग्गा फिर्ताको मञ्जुरीनामा दिनेमाथि पनि मुद्दा नचल्ने राय दिएको थियो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्