काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आम जनसमुदायमा माग अनुसारको पुँजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएको टिप्पणी गरेका छन् ।
आईतबार काठमाडौंमा आयोजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम समुद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले माग अनुसारको पुँजी प्रवाह हुन नसक्दा व्यवसायीहरुमा आत्मविश्वास कम हुँदै गएकाले प्रवाहलाई बढाउँनुको विकल्प नभएको बताएका छन् ।
उनले भने, ‘वास्तवमा अहिले आम पव्लिकमा यो डिमान्ड सप्लाईको चै धेरै नै कमि भएको छ । र व्यवसायीक रुपमा धेरै कन्फिडेन्स् लुज भएको चै छ । सप्लाई धेरै नै कमि भएको हिसाबमा व्यवसायीमा आत्मविश्वास जाग्न सकेको छैन् । ’
अध्यक्ष ढकालले व्यवसायीमा आत्मविश्वास बढाउन नेपाल राष्ट्र बैंक र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउँने हिसाबले अगाडि नजाने हो भने पछुताउनुको विकल्प नहुँने तर्क गरे ।
उनले भने,‘ यो आत्मविश्वास बढाउनलाई नेपाल राष्ट्रबैंकले र सरकारको तर्फबाट माग आपूर्तिलाई बढाउँने हिसाबले अगाडि नजाने हो भने पछि हामीले पछुतो मात्र मान्ने बाहेक केहि हुन्न ।’