काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई ‘साम्पाङ’ ले आफूले सबै धर्मलाई उचित सम्मान गर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘तिमी र ममा फरक : तिमी एउटा धर्मलाई प्रधानता दिन्छौं र अरु धर्मलाई कुल्चन खोज्छौं ! म सबै धर्मलाई बराबर ठान्छु र उचित सम्मान गर्छु !’
उनले बाहिरका मान्छे ल्याएर आन्दोलन र काटमार गराएर धरानलाई अशान्त बनाउन खोजेको तर आफूले मान्छेलाई आकर्षित गरेर नगरकै विकासमा श्रमदान गराएको दावी गरेका छन् ।