महिला टी-ट्वान्टी आई सिरिजमा हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन

महिला टी-ट्वान्टी आई सिरिजमा हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन

काठमाडौँ । नेपाल चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको च्याम्पियन बनेको छ ।

आज भएको फाइनल खेलमा हङकङलाई डकवर्थ लुइस पद्धति अनुसार १३ रनले पराजित गर्दै सिरिजको च्याम्पियन भएको हो ।

हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको नेपालले ५ दशमलव ३ ओभरको खेल खेल्ने साथ वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन खेल हुन नसक्दा नेपाल विजयी भएको हो ।

वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलव ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो ।

नेपालकी इन्दु बर्माले १९ बलमा २ चौकासहित १९ रन बनाएकी थिइन् । सीता राना मगरले १३ बलमा १ चौकासहित १३ रन बनाएकी थिइन् ।

नेपालले ओपनर काजोल श्रेष्ठलाई भने पहिलो बलमै गुमाएको थियो ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।

हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् । नेपालकी खुशी डङ्गोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले समान १/१ विकेट लिएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्