काठमाडौँ । नेपालले चार देश सम्मिलित महिला टि २० आई सिरिजको फाइनल खेलमा आज हङकङसँग खेल्दै छ । खेल नेपाली समय अनुसार मध्यान्ह ११:४५ मा मलेसियाको बायोमास ओभलमा नेपाल र हङकङ बीच फाइनल खेलेका हुनेछ ।
नेपाल, मलेसिया र हङकङको समान ४ अङ्क थियो । तर नेट रनरेटको कारण अन्तिम खेलमा नेपाललाई ६ विकेटले हराए पनि मलेसिया फाइनलमा पुग्न सकेन । नेपालले हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो ।
नेपालसँग पराजित भए पनि हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
नेपालले सोमबार थाइल्यान्डसँग पनि अन्तिम अभ्यास खेल खेल्नेछ । नेपालले आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यास खेल खेलेको हो । एसिया क्षेत्र छनोट अगस्ट ३१ देखी ९ सेप्टेम्बरमा मलेसियामा हुँदै छ ।
समूह ए मा नेपालसँगै युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि २० विश्वकप खेल्न पाउनेछ ।
रुविना क्षेत्रीको कप्तानीमा सीता राना मगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डङ्गोल टिममा छन् ।