काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
भोलि, शनिबारदेखि सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले बैठकस्थल पुग्न समस्या भएको उनको भनाई छ । अर्को बैठकको मिति चाँडै तय गर्ने उनको भनाइ छ ।
मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो ।
२०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।