काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा सञ्जीव मानन्धर नियुक्त भएका छन् ।
प्राइम कमर्सियल बैंककोतर्फबाट शुक्रबार जारी विज्ञप्तिका अनुसार बैंकको सञ्चालक समितिको बैठकले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा २९ बमोजिम मानन्धरलाई नियुक्त गरिएको हो ।
मानन्धरलाई बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
स्थापनाकालदेखि नै प्राइम बैंकमा महाप्रबन्धकको रुपमा कार्यरत मानन्धर यस अघि बैंकको कायम मुकायम कार्यकारी अधिकृत थिए ।