काठमाडौं । नेपाली कथानक चलचित्र ‘गणपति’ भदौ १४ गतेबाट नेपाल र नेपाल बाहिरबाट एकसाथ प्रदर्शनमा आउँदैछ ।
सेभेन सिज इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्रले व्यवासयीक तथा भावनात्मकरुपमा सफल हुने निर्माण पक्षको दाबी छ ।
सामाजिक कथावस्तु समेटिएको ‘गणपति’ले समाजले मान्छेलाई कसरी भगवानको दर्जा दिन्छ र त्यो दर्जासँग सामान्य मान्छेले आफ्नो जीवनका चाहना पूरा गर्न कसरी संघर्ष गर्नुपर्छ भन्ने विषयलाई नै मुख्य रुपमा उठाएको छ । एक युवाले आफ्ना लागि घर,परिवार र समाजसँग संघर्ष गर्नुपर्ने बाध्यतालाई चलचित्रमा मुख्य भूमिका निभाएका मुकुन भूषाल मार्फत देखाउन खोजेको छ ।
यस चलचित्रका मुख्य कलाकार मुकुन भूसालले, चलचित्र मार्मिक र भावत्नामक भएको बताएका छन् । ‘चलचित्रमा एकदमै भावना जोडिएको छ । गर्न खोजीएका कुराहरुको अवसर मिलिरहेको हुँदैन् क्षमता हुँदा हुँदै पनि । उमेर पुगिसकेकाले छोराछोरीले परीवारमा आर्थिक रुपले केहि गर्न नसकि रहँदा जसरी अपहेलित हुनुपर्छ घरबाट पनि त्यही कुरा पर्दामा देख्दा दर्शकलाई आफ्नै कथा लाग्न सक्छ । ’
पर्दामा दर्शकले सिनेमा हेर्दै गर्दा त्यहाँको पात्रमा आफूलाई देख्ने र चलचित्र एकदमै राम्रो र समयसामयिक बनेको उनको दाबी छ ।
‘सिनेमा हेरेर भर्पूर मनोरञ्जन त पाउँनुहुनेछ नै छ । साथै पात्रहरुसँग ट्राभल गर्दैगर्दा २ घण्टाको समय छोटो लागेर सिनेमाको प्रशंसा गर्नुहुने छ । एकदमै मेहनत गरेर बनाएका छौ । व्यापारिक पाटो दर्शकले सिनेमा हेरेपछि एकजनाले हेरेपछि २० सँग तारिफ गर्नुहुन्छ त्यसमा ढुक्क छौं । ’
सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर सार्वजनिक भै सकेको छ । कलाकारद्वव मुकुन भुषाल र प्रकाश घिमिरे चलचित्रको ट्रेलरमा सशक्त भूमिकामा देखिएका छन् ।
चलचित्रमा उनीहरुका अलवा मेनुका प्रधान, सूर्यमाला खनाल, देवेन्द्र बब्लु, कविता न्यौपाने, अंशु महर्जनलगायतका कलाकारले अभिनय छ ।
रामप्रसाद रिजालको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा लक्ष्मण रिजालको लगानी छ । चलचित्र निर्माणमा एक करोड ८० लाख बढी खर्च भएको बताएका निर्माता रिजालले बताए ।