क्यानले ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने

क्यानले ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) का अध्यक्ष रन्जित कुमार पोदारले क्यान महासंघ र लर्ड बुद्ध एजुकेसनको सहकार्यमा ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था गरेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पढाईमा राम्रो भएपनि आर्थिक अवस्थाको कमजोर भएकाहरुलाई शिक्षा दिने उद्देश्यले क्यान महासंघले यो स्कलरसिपको आवहन गरेको भन्दै त्यसमा पूर्ण सहयोग लर्ड बुद्ध एजुकेसनले दिएको बताए ।

उनले भने, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंँगको सहकार्यमा शुरु गरिएको हो। यो छात्रवृति मार्फत यस बर्ष पनि ४९ जना विद्यार्थीहरुलाई आशिक तथा पुर्ण छात्रबृत्ति प्रदान गर्न लागिएको हो । त्यसमध्ये ७ जनालाई कुनै शूल्क लाग्दैँन्, ७ वटा प्रदेशबाट एउटा प्रदेशबाट एकजना छात्राहरु छनोट गर्ने गरेको छ । २ करोड ८३ हजार रुपैयाँबराबरको छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

उनले क्यानले नेसनल आईसीटी स्कलरसिप विगत चार वर्षदेखि गर्दै आएको भन्दै यसवर्षको लागि पनि कमिटि निमार्ण र छनोट प्रक्रिया सुरु भएको बताए ।

विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृती कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्