काठमाडौंमा ८० कलाकारको चित्रकला प्रर्दशनी

काठमाडौंमा ८० कलाकारको चित्रकला प्रर्दशनी

काठमाडौं । हिमालयन आर्ट प्रर्दशनी काठमाडौंमा सुरु भएको छ । उक्त प्रदर्शनमा ८० जना कलाकारहरुको कला रहेको र प्रदर्शनी अगष्ट  ३० सम्म सञ्चालन हुने हिमालयन आर्ट फेस्टिबलका अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिइन् ।

हिमालयन आर्ट फेस्टिबलको छैठौं संस्करणको यस प्रर्दशनी मार्फत एकसाता सम्म हरेक दिन विहान ११ बजेबाट ७ बजेसम्म नेपाल कला परिषद्मा अवलोकन गर्न सकिने छ ।

यस्तै,  प्रदर्शनी दशैं लक्षित गरेर गर्ने भन्दै नेपाली कलाकारहरुको कला नेपालमा राख्ने उद्देश्यले प्रदर्शन आयोजना गरिएको एरियल ताम्राकारले बताईन् ।

उनले भनिन्, ‘अरु यसरी हामीले धेरै नेपाली कलाकारहरुलाई समेटेका छौ ताकी दशैंमा सबैले चित्रहरु किन्न सकोस, दशैंको एकमहिना अगाडिबाट सुरु गर्ने हो । हाम्रो नेपाली कलाकारहरुको कला नेपालमा नै रहुन भनेर हो । त्यस्कै लागि यो प्रदर्शन गर्ने गरेका छौ ।’
प्रदर्शनीमा ८० जना कलाकारका विभिन्न प्रकारको चित्रकला समेटिएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्