काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक शुक्रबार साँझ बस्ने भएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्न लागेको हो । साँझ बस्ने बैठकमा भदौ ११ गते हुने संसदीय समितिका सभापतिको निर्वाचनका विषयमा छलफल हुने सचेतक निशा डाँगीले जानकारी दिइन् ।
प्रमुख दलले संसदीय समितिका सभापतिहरू भागबन्डा गरेपछि रास्वपाले त्यस विषयमा छलफल गर्न बैठक बोलाएको हो । साथै, बैठकमा पार्टीले दर्ता गरेका संकल्प तथा सार्वजनिक महत्वका प्रस्तावको विषयमा छलफल हुनेछ ।