काठमाडौं । अमेरिकाको डेरी स्टेटमा नेपाली भाषी भुटानी अगम गुरुङले नेपाली शैली तथा सामग्रीसहितको रेष्टुुरेण्ट सञ्चालनमा ल्याएका छन् ।
‘मम्स मःम’ नाम दिइएको रेष्टुुरेण्ट पुग्दा लाग्छ नेपालको कुनै गाउँमा रहेको संग्राहलय पुगेको भान हुन्छ । त्यहाँ पाक्ने मःम नेपाली भाषीलाई मात्र होइन अन्यलाई पनि आकर्षित गरेको छ ।र, मःमको स्वाद मेटाउन अहिले धेरै त्यहाँ पुग्ने गरेका छन् ।
त्यतिमात्र होइन त्यहाँ नेपाली मौलीकता झल्कने ढिकी, जाँतो, माटोको चुलो, लुगा सिउने मेसिन, चुलेसी, गुन्द्री, गाग्री, चियादानी, राडी जस्ता सामग्रीहरू हेर्न र प्रयोग गर्न पाइन्छ ।