काठमाडौं युथ आइकन अवार्ड ‘डिआरएस’ गेमिङलाई 

काठमाडौं युथ आइकन अवार्ड ‘डिआरएस’ गेमिङलाई 

काठमाडौं । एक लाख राशीको ‘काठमाडौं युथ आइकन अवार्ड २०२३’ नेपाली व्यावसायिक पब्जी टोली ’डिआरएस’ गेमिङले पाउने भएको छ । प्रत्येक वर्ष युवाले पुर्‍याएको योगदानलाई सम्मान गर्ने क्रममा प्रदान गरिने ‘काठमाडौं युथ आइकन अवार्ड २०२३’ इ–स्पोर्टबाट नेपाललाई विश्वभर चिनाएका नेपालको व्यावसायिक पब्जी टोली ‘डिआरएस’ गेमिङलाई प्रदान गर्ने निणर्य गरेको काठमाडौं युवा सम्मेलनका सल्लाहकार राजु तन्डनले बताए ।

आज काठमाडौंमा आयोजित ‘काठमाडौं युवा सम्मेलन २०२३’ को पत्रकार सम्मेलनमा तन्डनले डिआएसको योगदानको कदर गर्दै सो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए ।

‘यो वर्षको काठमाडौं आइकन २०२३ अवार्ड हामीले इ–स्पोर्टबाट नेपाललाई संसारभर चिनाउने ‘डिआरएस’ गेमिङ टिमलाई सम्मान सहित एक लाख रुपैया पुरस्कार दिने घोषणा गरेका छौं ।’

‘काठमाडौं युवा सम्मेलन २०२३’ भदौ नौ गतेबाट काठमाडौंमा आयोजना गर्न लागिएको छ।

कार्यक्रममा काठमाडौं युवा सम्मेलनका आइडिया सल्लाहकार समेत रहेका तन्डनले देशको ४२ प्रतिशत जनसंख्या रहेका युवाहरु शिक्षादेखि कामको खोजीमा विदेशिने क्रम बढ्दै गएकोले त्यसलाई नेपालमै सम्बोधन गर्ने तथा युवालाई देशको चौतर्फी विकासमा लगाउने हेतुले युवा सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।

तन्डनले भने, ‘गत आर्थिक वर्ष २०८९/८० मा १ लाख १० हजार २१७ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसि) लिएका छन् । देशको आधा जनसंख्या भएको युवायुवतीहरु सबैलाई  एउटा मञ्चमा ल्याई विभिन्न क्षेत्रका सम्भावनालाई अवसरमा रुपान्तर गरी सफलता प्राप्त गरेका व्यक्तिहरुको ज्ञान, सीप र अनुभवलाई युवा वर्गको माझमा साझा गरी युवाहरुलाई देशको चौतर्फि योगदानमा पु¥याउन उत्साहीत र दिशानिर्देश गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’

सम्मेलनले देशका युवा जनशक्तिलाई विदेश जानु भन्दा नेपालमै सम्भावना खोज्न अभिप्रेरित गर्दै नेपालमै उच्च शिक्षा प्रदान गरी देशको आर्थीक विकासमा नेतृत्व दिई स्वरोजगारीका अवसरहरु सृजना गर्ने तथा राष्ट्र सेवामा युवालाई अभिप्रेरित गर्न भूमिका खेल्ने आयोजकको अपेक्षा छ ।

उक्त सम्मेलन युनिर्भसल कलेज र फिनिक्स कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा शनिबारबाट इसेवाको मुख्य प्रायोजनामा काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवन कमदालीमा आयोजना हुदै छ ।

सम्मेलनमा १६ देखि २५ वर्ष उमेर समुहका करिव ५ हजार युवा सहभागि रहने आयोजकको अनुमान छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्