प्रचण्ड र माधवले जनतालाई जुधाएर ताली बजाउँन खाेजे : ओली

प्रचण्ड र माधवले जनतालाई जुधाएर ताली बजाउँन खाेजे : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्त्री पुष्प कमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री माधव नेपालले जनता जुधाएर ताली बजाउँन खोजेको आरोप लगाएका छन् ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा उनले, प्रचण्ड र माधवले जनजातीको नाममा हिंसा भड्काउँन भूमिका खेलेको टिप्पणी गरे ।

उनले भने, ‘अबको नेपाल शान्तिपूर्ण बनाउँने हो । अहिले पूर्वाञ्चलमा विरोध गर्ने माओवादी र माधव नेपालका कार्यकर्ताहरु छन् । उफ्रिने किरात राई उफार्ने पुष्पकमल दहाल, माधव कुमार नेपाल नै हुन् । प्रचण्ड र माधव नेपालहरुले नेपाली जनताहरुलाई गोरु जुधाए जसरी जुधाएर ताली बजाउँन खोजी रहेका छन् । त्यो काम गर्न हुदैँन् नेपाली जनता लड्नु हुदैँन् । सत्तामा बस्नेहरुले यसलाई सानो विषय मानेका छन् त यसमा सचेत हुनु आवश्यक छ ।’

उनले मानव समाज स्वच्छ रुपमा निमार्ण गर्न चहान्छौ तर राजनीतिक अस्थिरता, वेइमानी, आफ्नो स्वार्थको लागि सांस्कृतिक विद्रोह भड्काउँने कामले देश विकासमा बाधा आएको बताए ।

यस्तै, नेपालमा साम्प्रदायक विद्रोह भड्काउँन खासगरी माओवादीले आफ्नो जनयुद्धलाई अगाडि बढाउँनका लागि हरेक जात, धर्म, क्षेत्र, पेशालाई उचालेर पहिचानको लडाईको नाममा जातीलाई भिडाएको पनि उनको आरोप छ ।

नेपालमा राम्रो संस्कार, सुशासनको अवस्था हुने हो भने १० वर्षमा गरिबी निवारणको अवस्थामा पुग्न सकिने भएपनि हाल देशमा भ्रष्टाचार, तस्करी र कुसाशनले समाजलाई विकृत बनाइ रहेको उनको टिप्पणी  छ ।

सत्तापक्षलाई कटाक्ष , ‘माकुराको जालोमा भैंसी पर्दैन’

ओलीले, सत्तापक्षले आफूलाई जालमा पार्न जाल बिछ्याउँदै हिँडेको टिप्पणी समेत गरेका छन् । उनले सत्तापक्षले आफूलाई जालमा पार्न जाल बिछ्याउँदै हिँडेको भन्दै माकुराको जालोमा भैसी पर्दैन भन्दै व्यङग्य गरेका हुन् ।

उनले भने, ‘मलाई थाहा छ विरोधीहरु छन् तिनीहरुले पाएसम्म सत्यका विरुद्ध काम गर्छन् । तिनीहरु हाम्रा विरुद्ध आइलाग्न सक्छन् । म सर्तक छु कानूनी रुपमा पनि कतै एक शब्द नचिप्लियोस् । मेरा काम कारबाहीहरु म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शव्द नचिप्लियोस् भनेर मैले कानून पल्टाइ पल्टाइ फैसला गर्ने गरेको छु । त्यसकारण यिनीहरुको को इच्छाले केपी ओलीलाई फसाउन माकुराको जालोमा भैसी पर्दैन भन्ने कुरा यीनिहरुले बुझ्नुपर्छ ।’

उनले झुटैमा जाने हो भने कानूनले आफुलाई हत्कडी लगाउनसक्ने कुनै ठाउँ नराखेको दाबी गरे । उनले भने, ‘झुटैमा जाने हो भने तर कानूनले केपी ओलीलाई हत्कडी लगाउनसक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन । राखेकै छैन । किनकी केपी ओली ढुक्कले भन्छ । ’

सुन तस्करीको घटना लुकाउन गिरिबन्धु टी स्टेट भ्रष्टाचार आरोप लगाईयो

ओलीले, सुन तस्करीको भ्रष्टाचार लुकाउ आफूलाई गिरिबन्धु टी स्टेटको भ्रष्टाचारको आरोप लगाएको दाबी गरें।  उनले पहिले नै ७० बिगा जग्गा बेचेकोमा उनले आफ्नो सरकार हुँदा कानून बिना बेच्न पाईदैन् भनेर कानून बनाउदा उल्टै आफ्नो भ्रष्टाचार लुकाउँन आफूलाई आरोप लगाइएको उनको टिप्पणी छ ।

उनले भने, ‘१०० केजी ५१ मा झर्‍यो । साढे ९ केजी कतिमा झर्‍यो थाहा छैन । यति मजाक गरिरहन भ्रष्टाचारको यसको खालको कुरालाई लुकाउन गिरिबन्धु टी स्टेट झापामा छ त्यसमा खायो केपी ओलीलले गिरिबन्धु टी स्टेट छ झापामा त्यो मेरो होईन् गिरि बन्धुको हो २१ सालदेखी छ । पहिले नै ७० बिगा पटकपटक गरेर बेचेको थियो उहाँहरुकै सरकारले म आएपछि कानून बिना बेच्न हुँदैन भनेको थिए । कानून बनाईदिए भ्रष्टाचार भयो रे ।’

उनले आफूमाथि झुटो आरोप लागेको भन्दै झुटा सूचनालाई कुनै आधार नमान्न आग्रह गरे । नेकपा एमाले देशलाई समृद्ध बनाउँछु भनेर हिडेको नेतृत्व भएकाले दुई किलो सुन दुई गट्टा रुपैयाँमा नबिक्ने तर्क गरे ।

उनले भने, ‘उता चिल आयो भन्ने एता कुखुरा लाने गरेर झुटा हल्ला फिजाएको छ। यस्ता झुटा सूचनालाई कुनै आधार नमान्नु होला । देशलाई समृद्ध बनाउँछु भनेर हिडेको नेतृत्व हो देश बदल्छु भनेर ज्यान दिन गोली खान, जेलमा मर्न तयार भएको नेतृत्व हो । दुई तोला सुन दुई गट्टा रुपैयाँ, यस्ता कुरामा बिक्ने वाला छैन् यो बिक्ने ज्यान होईन् ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्