काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रमा उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरालाई पनि सरकारले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिभिसभा बैठक पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका महामन्त्री शर्माले नाम नतोकि नै सरकारले इलेट्रिक सिग्रेटबाट सुन तस्करी प्रकरणमा मुछिएका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बावुछोरालाई पनि पूर्वाग्रह नराखी अनुसन्धान गर्नुपर्ने बताए ।
उनले भने, ‘यो सीआइबीले गर्दै गरेको अनुसन्धान जुन छ,त्यसमा एकजना ठूलै पार्टीका नेता /पदाधिकारी अब कुन पार्टीको पनि मलाई सम्झना भएन,तर यो संसदको पूर्व सभामुख नै भएर बस्नुभएको व्यक्तित्व उहाँको कयौं पटक अनि उहाँको सुपुत्रको चाही सैयौँ पटक तस्करहरुसँग टेलिफोनमा सम्वाद भएको भन्ने कुरा तपाइँहरु(सञ्चारकर्मी) मार्फत नै आएको छ । अब सुन प्रकरण अनुसन्धान गर्दै गर्दा खेरी त्यो विषयलाई पनि नछोडिकन अनुसन्धान गर्ने कुरामा जानुपर्छ । यद्यपि सयकिलो सुन प्रकरण भन्दा फरक हो तर, जालो त तस्करीकै होनि! उहाँहरु निर्दोष नै हुनुहुन्छ भनेपनि त्यो प्रमाणित गर्नका लागि पनि छानविन गर्ने निकायले छानविनको दायरमा ल्याउनुपर्छ ।’