सुन तस्करी प्रकरणमा केपी ओली संलग्न रहेको मेटमणि चौधरीको दावी

सुन तस्करी प्रकरणमा केपी ओली संलग्न रहेको मेटमणि चौधरीको दावी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुन तस्करी प्रकरणमा संलग्न रहेको दावी गरेका छन् ।

बुधबार संसद भवनबाट बाहिरिने क्रममा चौधरीले ओलीले नाम र फोटा नहुँदा पनि नयाँ पत्रिकालाई गाली गरेको उदाहरण पेश गरे । उनले भुटानी शरणार्थी,सुन तस्कर ,गिरिबन्धु टी स्टेट लगायत सबैमा प्रकरणमा केपी ओली संलग्न रहेको दावी पनि गरे ।

उनले भने, सुन प्रकरणमा केपी ओली नजोडिएको भए विमानस्थलमा झर्ने बित्तिकै उनको न नाम छ न फोटो छ अनावश्यक रुपमा नयाँ पत्रिकालाई गाली गर्नुपर्ने कुनै कारण थिएन आक्रोश पोख्ने पनि कारण थिएन । यो सजिलै थाहा हुने कुरा हो । भुटानी शरणार्थी,सुन तस्कर ,गिरिबन्धु टी स्टेट लगायत सबै प्रकरणमा केपी ओली संलग्न छन् । ’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्