स्तरहीन मानिससँग जोडेर आफूलाई प्रश्न नगर्न ओलीको आग्रह

स्तरहीन मानिससँग जोडेर आफूलाई प्रश्न नगर्न ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्तरहीन मानिससँग जोडेर आफूलाई प्रश्न नगर्न भनेका छन् ।

बुधबार संसद भवनबाट बाहिरिदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा नाम जोडेका व्यक्तिलाई लिएर आफूलाई प्रश्न नगर्न भनेका छन् ।

स्तरहीन मान्छेहरुले सुन तस्करी प्रकरणमा जोड्ने प्रयास गरेको भन्दै भने, ‘त्यसता खालका स्तरहिन मानिससँग जोडेर मलाई प्रश्न नगर्नुहोस् ।’

उनले सुन तस्करी सधैँका लागि अन्त्य गर्न र निष्पक्ष छानबिन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भए पनि अन्ततः सम्झौता गर्नुपरेको बताए ।

अध्यक्ष ओलीले झापाको गिरिबन्धु टी स्टेटको जग्गाका विषयमा छानविन गर्न जरुरी नभएको समेत  बताएका छन् ।

गिरिबन्धु टी स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णय रहेको र त्यसैलाई अहिले कानून बनाएको भन्दै अध्यक्ष ओलीले छानबिन गर्न जरुरी नभएको बताए । तर गर्न मन लागे छानविन गर्न सुझाव उनले दिए ।

उनले भने ‘ झापाको चिया बगानमा सहमति छ । अनियमितता कहाँबाट केको लागि ? बिना कारण जग्गा दिएको होइन, त्यो सत्ताले त्यतिबेला गरेको र अहिले त्यसैको आधारमा कानून बनाईदिएका छौं । अरु केहि होईन । छानबीन जरुरी छैन् तर, गर्न मन लागे गरे हुन्छ । ’

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्