काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले धादिङको गजुरीस्थित त्रिशुली नदीमा भएको बस दुर्घटना परेकाको राहत र उद्दारमा सक्रियतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।
लामो समयबाट अवरुद्ध संसद सुरु भएसँगै एमालेका सांसद योगेश कुमार भट्टराईले बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचार र राहतको लागि सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘हाम्रो पार्टीको तर्फबाट दुर्घटनामा परी दुःखद निधन भएका नेपाली दाजुभाई दिदीबहिनी प्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । र नेपाल सरकारलाई तत्काल यस घटनाप्रति संवेदनशील हुदै राहत उद्दार लगायतको काममा सक्रियताका साथ अगाडि बढ्न प्रधानमन्त्री ज्युलाई गम्भीर ध्यानकर्षण गराउँदछु ।’