काठमाडौं । २८ दिनदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक बसेको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित भएको बैठक २८ दिनपछि छानविन समिति गठन गर्ने सहमति सँगै सदन बसेको हो ।
बुधबार सिंहदबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच दुई बुँदे सहमतिसँगै सदन खुलेको हो ।दलहरुबीच इलेक्ट्रिक सिगरेटमा लुकाएर ल्याएको सुन साथै ब्रेक सुमा हालेर तस्करी गरिएको सुनलगायतका घटनामा छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भएको छ ।
उपप्रधानन्त्री एवं गृहमन्त्रीले दलहरुबीच भएको दुई बुँदे सहमतिबाट सदनलाई जानकारी गराएका थिए ।