बस दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत,५ जनाको सनाखत हुन बाँकी

बस दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत,५ जनाको सनाखत हुन बाँकी

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटनामा मृत्यु भएको तीन यात्रुको सनाखत भएको छ । जसमध्य म्याग्दी जिल्ला रघुगंगा गा.पा ३ बस्ने बर्ष ५० को थान बहादुर भण्डारी ,जिल्ला पर्वत मोदी गा.पा १ बस्ने बर्ष १५ कि कृतिका शर्मा पौडेल र धादिङ जिल्ला गजुरी गा.पा ८ बस्ने बर्ष अं. २५ को सविन रम्तेल रहेका छन् । बाँकी पाँच जनाको भने सनाखत हुन बाँकी रहेको छ ।

घाईते २४ जना मध्ये टिचिङ अस्पतालमा पर्वत जिल्ला मोदी गा.पा १ बस्ने बर्ष ४१ को गुरुदत्त शर्मा पौडेलको टाउको र निधारमा चोट लागेको अवस्था उपचार भईरहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा बस चालक म्याग्दी जिल्ला बेनी न.पा ६ बस्ने बर्ष ३० को दीपक थापा,म्याग्दी जिल्ला बेनी न.पा ३ बस्ने बर्ष २४ को पूर्ण छन्त्याल,अन्नपूर्ण गा.पा १ बस्ने बर्ष १९ को कुशल अधिकारी, काठमाडौं कीर्तिपुर न.पा ९ बस्ने बर्ष ५२ को खड्क कुमार श्रेष्ठ ,म्याग्दी मंगला गा.पा २ बस्ने बर्ष १६ कि गीता जंजाली मगर, बाग्लुङ जिल्ला बस्ने बर्ष १९ कि शुस्मा क्षेत्री,पर्वत जिल्ला फलेवास न.पा बस्ने बर्ष अं. ६३ कि हरिकला गौडेल, म्याग्दी जिल्ला अन्नपूर्ण गा.पा ३ बस्ने बर्ष २२ कि अञ्जु राना मगर, म्याग्दी जिल्ला गरुङ्गंगा गा.पा ७ बस्ने बर्ष २९ को प्रविण पुन, बंगलादेश बस्ने बर्ष ३२ को मोहमद हजिरहुल ,जिल्ला म्याग्दी रघुगंगा ६ बस्ने बर्ष २३ कि रिना रानामगरको काठमाडौं ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाँकी घाईतेको परिचय खुल्न बाँकी छ ।

जिल्ला बाग्लुङ गलकोट बस्ने बर्ष ६८ कि ज्ञानु बुढामगर आँखामा चोट लागेकोले अवस्था सामान्य रहेकोले डिस्चार्ज भईसकेको छन् ।
सह चालक जिल्ला नुवाकोट बेलकोटगढी न.पा ६ बस्ने बर्ष ३४ को रोशन तामाङको सकुशल उद्वार गरिएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्