संसद खुलाउन भएको सहमतिप्रति सभामुख खुसी

काठमाडौं । सभामुख देवराज घिमिरेले झण्डै एक महिनादेखि अवरुद्ध संसद खुलाउन दलहरुबीच भएको सहमतिप्रति खुसी प्रकट गरेका छन् ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसदीय व्यवस्थामा दलहरु नै प्रमुख भएको उल्लेख बताए । उनले संसदमा दलहरुको भूमिका नै प्रमुख भएको पनि प्रष्ट पारे ।

सभामुख घिमिरेले भने ‘ सदन खोल्न मैले पटक पटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल गरेको स्मरण गराउँदछु । प्रमुख सचेतकहरु, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि हामीले धेरै पटक छलफल गरेका थियौं । तर, संसदीय व्यवस्थामा दलहरु नै प्रमुख हुन् । आजको सहमतिले पनि सदन अवरोध पनि र खुलाउन पनि दलहरुबीच नै सहमति हुनुपर्ने कुराले प्रष्ट पारेको छ । संसदीय गरिमालाई उचो राख्न सबैले प्रयत्न गरौं, म पनि गर्छु, माननीयहरुले पनि गर्नुपर्छ भन्ने मलाई लाग्दछ । ’

कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद बैठकमा एक घण्टा ३० मिनेटको समयमा दलीय आधारमा सांसदहरुले बोल्ने सहमति पनि भएको छ । यस्तै आज दलहरुबीच भएको सहमतिबारे उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्