काठमाडौं । नेपाली सेनाले बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा उद्दार कार्यलाई निरन्तरता दिएको जनाएको छ ।
कालिकोट जिल्ला, महावै गाउँपालिका–२, रकलवाडा टोलको ५० मिटर माथि ढुंगा भासिन गई टोल नै जोखिममा परेपछि सेनाले जोखिमयुक्त ढुंगा फुटाई सम्भाव्य खतराको अवस्थालाई सामान्य तुल्याएको जनाएको छ ।
यस्तै रौतहट जिल्ला, दूर्गाभगवती गाउँपालिका–३, मत्सरीमा बागमती नदीको कटान रोक्न स्थानीयसंगको सहकार्यमा तटबन्ध निर्माण गरिएको पनि जनाएको छ ।
मुगु जिल्ला, खत्याड गाउँपालिका–५ स्थित खमाले निवासी २१ वर्षीय स्थानीय एक अस्वस्थ्य महिला हुटु व्यारेकको टोलीले जिल्ला अस्पताल गमगढी पुर्याइएको पनि नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।