बस दुर्घटनाको उद्दारकार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट पोखरा हुँदै बेनीका लागी छुटेको देश ३०१००५ ख ९९५२ नम्बरको  यात्रुवाहक  बस पृथ्वी राजमार्गको गजुरी –२ नजिकै चालिसेबाट त्रिशुली नदीमा खसी भएको दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले श्रद्धाञ्जली व्यक्त गर्दै उद्दारकार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन् ,काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको समाचारले दुःखी तुल्याएको छ । सवारी दुर्घटनामा परि ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु। साथै घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दारकार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्